बागमतीमा कांग्रेस र माओवादी केन्द्रका सांसदको हस्ताक्षर संकलन

माण्डवी न्युज
माण्डवी न्युज १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारीका साथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन सुरु गरेका छन् । बिहीबार कांग्रेस र माओवादी सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।

यद्यपि सरकार परिवर्तनकै प्रयोजन खुलाएर हस्ताक्षर संकलन गरिएको छैन । नेकपा माओवादी केन्द्रका एक सांसदल  भने, ‘भोलि प्रक्रिया पूरा गर्नुपर्यो भने, वर्षाको बेला छ, सबै सांसदहरु उपस्थित नहुन सक्छन् भनेर हस्ताक्षर संकलन गरिएको हो ।

’ बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेर गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको लिखित सहमति केही समयअघि सार्वजनिक भएको थियो ।

उक्त सहमति अनुसार सरकार छाड्न मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई दबाव दिने गरी हस्ताक्षर संकलन गरेको सांसदहरुले बताएका छन् । यद्यपि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरेको औपचारिक रुपमा स्वीकार गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Array