माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कम

माण्डवी न्युज
माण्डवी न्युज १९ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् ।

माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो ।

तर पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत बनाएको छैन । राष्ट्रिय सभागृहमा आइतबार बिहान ११ बजे बोलाइएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्नेछन् ।

अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो प्रस्ताव गर्ने कार्यसूची छ । तर महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यो बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको एक केन्द्रीय सदस्यले बताए ।

शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति नभएको एक नेताले बताए । केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी चुनावको कार्ययोजना पनि बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array