बबरमहलमा कार दुर्घटनाः तीन जना घाइते

माण्डवी न्युज
माण्डवी न्युज १९ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन्।

घाइते ३ जनाकै सिभिल अस्पताल वानेश्वरमा उपचार भैरहेको छ। घाइते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ। आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array