भ्यानले आमा-छोरालाई ठक्कर दिँदा छोराको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १९ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ। दुर्घटनामा आमा घाइते भएकी छन्। मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन्।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ।

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो। सवारी साधनसहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array