प्रतिष्ठानमा विशेषज्ञसहितको इएचएस सेवा सुरु

माण्डवी न्युज
माण्डवी न्युज २१ असार २०७९, मंगलवार
1 Min Read
Aa

निशानदाजु भट्टराई, दाङ

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिस्तारित सेवा(इएचएस) सुरु हुने भएको छ ।

प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन साउन १ गतेदेखि नै यो सेवा सुरु गरिएको बताए ।

बिस्तारित सेवा दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउने उनले जानकारी दिए ।

अस्पतालमा आउने बिरामीहरुले जनरल बाहेकको समयमा आफुले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उदेश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपती लामिछानेले बताए ।

बिरामीहरुले प्रतिष्ठानमा बिस्तारीत सेवा अन्तरगत फिजिसीयन, प्रसुति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाककान घाँटि रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने सुचना अधिकारी निशानदाजु भट्टराईले बताए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले बिस्तारित सेवा प्रभाबकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले द्रुत गतिमा पाउने बताए । उनले बिस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाईनमा लाग्नु नपर्ने र आफुले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने बताए ।

अब प्रतिष्ठानमा जनरल सेवापछि पनि चिकित्सकले इएचएसमा सेवा दिने र इएचएस सेवामा नाम दर्ताको लागि ५ सय रुपैया लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array