स्वास्थ्य मन्त्रीले राज्य मन्त्रीलाई दिए ५ अधिकार

माण्डवी न्युज
माण्डवी न्युज २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न काम राज्यमन्त्री हिराचन्द्र केसीलाई बाँडफाँट गरेका छन् । मन्त्री भवानी खापुङले १९ असारमा निर्णय गर्दै राज्यमन्त्री केसीलाई स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन हुने महत्वपूर्ण पाँच वटा अधिकार प्रत्यायोजन गरेका छन् ।

राज्यमन्त्री केसीले मन्त्रालय वा अन्तर्गतका निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने अधिकार पाएका छन् ।

त्यस्तै विशिष्टीकृत अस्पतालहरुको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने र विशिष्टिकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड सम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पाएका छन् ।

त्यसैगरी, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने र स्वास्थ्यमन्त्रीले आवश्यक ठानी पेश गर्न लगाएका विषयको काम कारबाहीको अधिकार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array