जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने निर्णय

माण्डवी न्युज
माण्डवी न्युज २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – न्यायपरिषदले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ । शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्यायपरिषदले सोझै न्यायाधीश नियुक्त गर्ने परिपाटी थियो । शुक्रबार बिहानमात्रै न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि परिषदले दरखास्त आह्वान गरेको हो ।

निर्देशिकामा न्यायाधीश हुन इच्छुकबाट दरखास्त आह्वान गर्ने अनि दरखास्त दिएकाहरुमध्येको सूची प्रकाशित गरी उजुरी माग्ने व्यवस्था गरिएको छ । त्यसपछि विवादरहित भएका र योग्यतम व्यक्ति न्यायाधीश नियुक्ती गर्ने निर्देशिकामा उल्लेख छ ।

तीन स्वरुपमा जिल्ला न्यायाधीश छनौट हुने संविधानमा उल्लेख छ । रिक्त पदमध्ये बीस प्रतिशत पदमा न्यायसेवाका उपसचिवहरु प्रतिस्पर्धा गर्न पाउनेछन् । उनीहरु कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ ।

उनीहरुलाई ज्येष्ठता, योग्यता र कार्यक्षमताको आधारमा छानिन्छ । चालीस प्रतिशत पदमा न्यायसेवाका उपसचिवहरुको खुला प्रतिस्पर्धा हुन्छ । उनीहरुले पनि कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ ।

बाँकी ४० प्रतिशत पदमा आठ वर्ष काम गरेका अधिवक्ता, आठ वर्ष नै न्यायसेवामा काम गरेका अधिकृत वा त्यति नै समय कानूनको क्षेत्रमा काम गरेका व्यक्ति प्रतिस्पर्धा गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array