बुढीगंगा मत अपडेट : मेयरमा एमाले उम्मेदवारलाई १५६२ मतको अग्रता

माण्डवी न्युज
माण्डवी न्युज २५ असार २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं – बिहीबार पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् । पाँच हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले एक हजार ७८९ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले तीन हजार २७९ मत पाएकी छन् भने कांग्रेसकी रीता शाहीले एक हजार ८५८ मत पाएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरपालिकाको पाँच वटा वडाको मतगणना सकिँदा चारवटा वडामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर १, २, ९ र १० को अध्यक्षमा एमालेका उम्मेदवार र वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४१६ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५८ मत पाएका छन् ।

त्यस्तै वडा नम्बर २ मा एमालेका पदमबहादुर भण्डारी ८३८ मत ल्याएर निर्वाचित हुदा कांग्रेसका नरबहादुर थापाले २३५ मत पाए । वडा नम्बर ९ मा एमालेका मीनबहादुर सिंह ४८२ मत ल्याएर निर्वाचित भ एभने नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापा २९३ मतसहित दोस्रो स्थानमा रहे ।

वडा नम्बर १० मा एमालेका दलबहादुर सावद ५४८ मत ल्याएर निर्वाचित भ एभने कांग्रेसका मोहनबहादुर बुढा ४९१ मतसहित दोस्रो स्थानमा रहे । वडा नम्बर ८ मा भने कांग्रेसका रमेशबहादुर रावल ३५९ मत ल्याएर निर्वाचित भएका छन् भने एमालेका विराज रावलले ३०१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array