बाढी पिडितहरुले उचित क्षतिपूर्ति पाउछन – अध्यक्ष बुढाथोकी

माण्डवी न्युज
माण्डवी न्युज २७ असार २०७९, सोमबार
3 Min Read
Aa

दाङ – दुई दिन अघि परेको बर्षातका कारण खहरे खोलामा आएको बाढीले दक्षिण देउखुरीका अधिकांश स्थानमा क्षति पुर्याएको छ। कतै कल्भर्ट भत्किएका छन भने कतै घर डुबानमा परेका छन। दक्षिण चुरे भएर उत्तर तर्फ झरेका खहरे खोलाले खेतीयोग्य जमिन बगर बनाइ दिएका छन । कतै कतै कच्ची घर भत्किएका पनि छन ।

No description available.

बाढीले क्षति पुर्याएको ठाउँको अनुगमन गर्दै राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले बाढीले नोक्सान गरेको सबै बिवरण टोल विकास संस्थालाई पालिकामा पठाउन निर्देशन दिएको बताए । कसको के कति क्षति भएको छ सोहि अनुशार क्षतिपूर्तिको व्यवस्था हुने अध्यक्ष बुढाथोकीले बताए । बाढीले भत्काएका पुल, कल्भर्ट, नाली जस्ता भौतिक संरचनाको भने तत्कालका लागि पुनः मर्मत गरिने भएको अध्यक्ष बुढाथोकीको भनाई छ।

No description available.

राजपुर गाउँपालिका वडा नम्बर १ र ४ मा खहरे खोलामा आएको बाढीले ठुलो क्षति पुर्याएको छ । राजपुर गाउँपालिका २ मटेरिया स्थित गढवा – राजपुर हुलाकी राजमार्गको पक्कि कल्भर्ट बाढीले भत्काएको छ। कल्भर्ट भत्किएपछि राजपुर गढवा आवागमन पूर्णरुपमा बन्द भएको छ ।

No description available.

त्यस्तै वडा नम्बर १ कठ्बेरुवाका पहलमान विक, भेगा डाँगी, बरमति घर्ति लगायतको घरमा बढी पसेको छ भने खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । त्यस्तै कठ्बेरुवा स्थित सुकै सोतामा निर्माण गरिएको तटबन्ध समेत बाढीले पूर्ण रुपमा क्षति गरेको छ। निर्माण भएको एक वर्ष पुरा नहुँदै उक्त तटबन्ध भत्किएको स्थानीय भेगा डाँगीले बताईन । भू-संरक्षण जलाधारबाट बाह्र लाख र गाउँ पालिकाबाट पाँच लाख रुपैयाँ बजेटले निर्माण भएको थियो।

No description available.

त्यस्तै वडा नम्बर ४ मा करंगा खोला र माररी खोलाले कटान गर्दा हुलाकी राजमार्ग जिर्ण अवस्थामा पुगेको छ। समयमा उक्त कटान रोकथाम नगरे खोला बस्तीमा पस्ने प्रवल सम्भावना छ । दक्षिण चुरे तिर पानी पर्न थाल्यो भने त्यस आसपासका स्थानीय रातभर जाग्राम बस्नु परेको स्थानीय विजय पाठकको भनाई छ । बेलैमा रोकथाम गर्न सकिएन भने मोतिपुर र फोहोरा गाउँनै उच्च जोखिममा छ”- पाठकले भने ।

No description available.

खोलामा आएको बाढी खोला नजिकै रहेको बिजय पाठक र पुष्पा पाठकको घरमा पसेर क्षति गरेको छ। उनीहरुको घर भत्किने अवस्थामा पुगेको छ भने खाद्यान्न लत्ताकपडा सबै भिजेर कामै नलाग्ने भएको उनीहरुले बताए । कतिबेला घर भत्किन्छ कुनै भर छैन, यसको मर्मतका लागि सरकारको ध्यान जाओस”- पुष्पाले भनिन ।

No description available.

आइतबार गरिएको अनुगमनमा जिल्ला समन्यव समिति दाङका प्रमुख नित्यानन्द शर्मा, राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापा, वडा नम्बर १ क वडाध्यक्ष सुर्यप्रसाद चौधरी, २ क वडाध्यक्ष ओमप्रकाश यादव, ४ का रामेश्वर यादव, इलाका प्रहरी कार्यालय गढ़वाका प्रहरी निरीक्षक रन्जु केसी, पत्रकार र स्थानीयको रोहबरमा अनुगमन गरिएको हो।

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस्

Array