घाेराहीमा पानीकाे अभाव हुन दिदैनाैँ : अध्यक्ष डिसी

माण्डवी न्युज
माण्डवी न्युज २८ असार २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – घाेराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसीले घाेराहीमा खानेपानीकाे अभाव हुन नदिने बताएका छन् । संस्थाकाे आठौं अधिवेशन अन्तर्गत सम्मपन्न निर्वाचनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ तथा पद हस्तान्तरण कार्यक्रममा बाेल्दै अध्यक्ष डिसीले पानीकाे सहज व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

घाेराही क्षेत्रमा सम्भाव्य पानीकाे अभावलाई परिपूर्ति गर्नका लागि बबईबाट पानी लिफ्टिङ गरी घाेराही क्षेत्रमा ल्याने याेजना रहेकाे छ । काेराेना भाइरस सङ्क्रमणका कारण समयमै बबईकाे पानी लिफ्टिङ गरी व्यवस्थापन गर्ने कार्य सम्पादन गर्न सकेनाैँ । अब तत्काल याे याेजना सुरू हुन “- अध्यक्ष डिसीले बताए । शुद्ध पानी उपलब्धताका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन याेजना संस्थाकाे रहेकाे बताउदै घाेराही क्षेत्रमा पानीकाे अभाव हुन नदिने आफ्नो जीवनभरिकाे सपना रहेकाे अध्यक्ष डिसीले बताए ।

No description available.

कार्यक्रममा नेकपा एमाले दाङका जिल्ला सदस्य विवेक श्रेष्ठ, नेपाली काङ्ग्रेस महासमिति सदस्य भूपबहादुर डाँगी, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेकपा एकीकृत समाजवादी दाङका गुरूप्रसाद केसी महरा, राष्ट्रिय जनमाेर्चा दाङका अध्यक्ष गणेश आचार्य, जिल्ला समन्वय समिति दाङका सदस्य जुनु बुढा, नेपाल पत्रकार,महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी , तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भणडारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत दिपक कुमार रेग्मीले पद तथा गाेपनियताकाे सपथ गराएका थिए ।संस्थाकाे हालै सम्पन्न निर्वाचनबाट देवीबहादुर डिसी (देवी वकिल) अध्यक्षमा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा हेमन्ती राेका मगर, सचिवमा धर्मेन्द्र श्रेष्ठ र काेषाध्यक्षमा ध्रुव केसी निर्वाचित भएका हुन् ।

महिला सदस्यमा खुमा खड्का, विन्दु पाण्डेय र यशाेदादेवी पाण्डेय निर्वाचित भएका हुन् । खुला सदस्यमा किशाेर आचार्य, युवराज आचार्य र दिनेश वली निर्वाचित भएका हुन् ।

कार्यक्रम प्रमुख निर्वाचन अधिकृत दिपक कुमार रेग्मीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । निर्वाचन अधिकृत भूपबहादुर केसीकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण निर्वाचन अधिकृत निर्मल गाैतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array