एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, केन्द्रीय परिषद् बैठकका निर्णय अघि बढाउने

माण्डवी न्युज
माण्डवी न्युज ३२ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय,आलोकनगरमा आज बिहान ११ बजे बैठक सुरु हुने पार्टीका महासचिव वेदुराम भुषालले  जानकारी दिए।

बैठकमा केही दिनअघि सम्पन्न केन्द्रीय परिषद् बैठकले गरेका निर्णयहरू अगाडि बढाउने सन्दर्भमा छलफल हुने उनको भनाइ छ। पार्टीको यहि असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को पहिलो बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ।

यस्तै, गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी तयारी गर्ने पनि निर्णय गरेको छ। पार्टी गठन भएपछि पहिलोपटक बसेको बैठकले विभिन्न १७ वटा प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array