बाँके प्रहरीद्वारा दुई जना फरार प्रतिवादी पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

दाङ – बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लागुऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

कोहलपुर नगरपालिका वडा नं. १५ का अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते नौ महिना २१ दिनको कैद सजाय सुनाएको थियो।

त्यस्तै, कोहलपुर नगरपालिका वडा नं. १० का सुदिपलाई अदालतले २०७८ माघ ३० गते २८ दिनको कैद सजाय तोकेको थियो। फैसला हुँदादेखि नै फरार रहेका दुवै जनालाई सोमबार पक्राउ गरेर प्रहरीले अदालत समक्ष बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array