नक्कली फेसबुक आईडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा छन् । पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताए ।

उनका अनुसार लामाले पीडितले प्रयोग गर्ने फेसबुकबाट तस्वीर डाउनलोड गरेर नक्कली एकाउन्ट बनाएका थिए । र, म्यासेन्जरमार्फत पीडित बनेर साथीहरुसँग पैसा पनि मागेको पाइएको छ ।

सोही एकाउन्टमार्फत ‘स्टडी म्याटरियल’ नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देहव्यापार हो भन्ने आशयको शब्दहरु लेखेर पोष्ट गरेको अर्यालले बताए । थप अनुसन्धान भइरहेको अर्यालको भनाइ छ । पक्राउ परेका लामाविरुद्ध पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array