नागरिकता विधेयक : प्रधानमन्त्रीले गरे सत्ता गठबन्धनका नेताहरुसँग छलफल

माण्डवी न्युज
माण्डवी न्युज ६ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa
काठमाडौँ, २१ माघ रक्षा मन्त्रालयको आ.व. २०७८/७९को दोस्रो त्रैमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको शुक्रबार रक्षा मन्त्रायमा बसेको बैठकमा सहभागी प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका विषयमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धन सबै नेताहरु सहमत भएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताए । ‘नागरिकता विद्येयक पारित गर्ने विषयमा गठबन्धनका सबै नेताहरुसँग छलफल भयो ।

त्यसमा सबैको सहमत हुनुहुन्छ’ पौडेलले भनिन्, ‘हामीले त्यसमा सहमत जनाएका छैनौ । त्यसमा समर्थन छैन ।’ राष्ट्रिय जनमोर्चा बाहेक गठबन्धनका शीर्ष नेताहरु नागरिकता विद्येयकमा सहमत जनाएका हुन् ।

बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द वन्दीसमेत सहभागी थिए । नागरिकता विद्येयक गृहमन्त्री खाँणले आज बस्ने संसद बैठकमा निर्णयार्थ पेश गर्ने भएका छन् ।

विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array