भारतीय कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज ६ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – भारतीय कन्टेनरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा भारतीय नम्बर प्लेटको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान दुई जनाको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो ।

प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ । साँघुरो सडकमा ओभरटेक गर्न खोज्दा कन्टेनरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले केही समय सवारीसाधन सञ्चालनमा रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array