बलात्कारपछि हत्या, नाबालकसहित तीन जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – चार वर्षकी नाबालिकाको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा पर्सा प्रहरीले एक नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज निवासी चार वर्षकी नाबालिकाको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षका जफ्रुदिन भनिने सलमान खान, वडा नम्बर १६ बस्ने १८ वर्षका सलमान खान र एक जना १२ वर्षका नाबालकलाई पक्राउ गरेको हो।

गत साउन ५ गतेदेखि वीरगञ्जकी चार वर्षकी बालिका हराएकी थिइन्। त्यसको दुई दिनपछि ती बालिकाको शव वीरगञ्ज महानगरपालिक–२ छपकैयास्थित झाँडीमा फेला परेको थियो।

घटनाको अनुसन्धानको क्रममा बालिकाको हत्या गरेको अभियोगमा पक्राउ परेका १२ वर्षका नाबालकसँग सोधपुछ गर्दा निज नाबालकसहित अन्य तीन जना मिलेर बालिकाको सामूहिक बलात्कार गरी हत्या गरिएको खुलेको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको तथा घटनामा संलगन रही फरार रहेका एक जनाको खोजी कार्य भइरहेको कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

Array