प्रचण्ड साउन २१ गते जापान जाने

माण्डवी न्युज
माण्डवी न्युज १० श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।

माओवादीको केन्द्रीय कार्यालयका अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन २५ मा नेपाल फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array