विद्यार्थी माथी दुर्व्यवहार गर्ने शिक्षक विद्यालयबाट निस्कासित

माण्डवी न्युज
माण्डवी न्युज १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – ५ वर्षीया बालिका माथि यौन दुर्व्यवहार गर्ने शिक्षक विद्यालयबाट निस्कासित भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ पहरवा स्थित स्टार समिट इङलिस स्कुलका ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई विद्यालयले निस्कासित गरेको हो ।

शिक्षक चौधरीले गत साउन ८ गते कक्षा १ मा अध्ययनरत ५ वर्षीया बालिका माथि यौन दुर्व्यवहार गरेको भन्दै ती शिक्षकलाई कारवाही स्वरूप विद्यालयबाट निस्कासन गरेको विद्यालयका कार्यवाहक प्रिन्सिपल गोपाल प्रसाद बसेलले जानकारी दिए । साथै विद्यालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकको गलत व्यवहारको घोर भर्त्सना गर्दै कडा कारवाहीको माग समेत गरेको छ । साथै अनुसन्धानमा रहेको घटनाको छानवीन प्रकृयालाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

त्यस्तै विद्यालयले निज शिक्षक दोषी ठहरिए कानुनी प्रकृया अनुसार नै कार्बाही गर्न विज्ञप्ति मार्फत सबैमा अनुरोध पनि गरेको छ । अगामी दिनमा यस्ता गलत कृयाकलाप प्रति विद्यालय सदैव सजग रहनुका साथै सम्पूर्ण विद्यार्थी भाइबहिनीको पूर्ण सुरक्षाको प्रत्याभुति दिलाउँदै सम्पूर्ण अभिभावकहरु मार्फत आफ्ना नानीबाबुहरुलाई निर्वाध रुपमा विद्यालय पठन पाठनका लागि पठाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array