कानुनमन्त्री बन्दीलाई काेराेना संक्रमण

माण्डवी न्युज
माण्डवी न्युज ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडाैँ – कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दी काेराेना संक्रमित भएका छन्। बन्दीकी पत्नी रक्षा बस्यालले सामाजिक सञ्जालमार्फत् बन्दी काेराेना संक्रमित भएकाे जानकारी दिएकी हुन्। रक्षासँगै परिवारका अन्य सदस्य पनि काेराेना संक्रमित भएकाे उनले उल्लेख गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छिन्, ‘केही दिन अगाडिदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दीज्यू, म र परिवारका सदस्यहरूलाई समेत रुघाखाेकी लाग्ने, शरीर दुख्ने र ज्वरोसमेत आई पिसिआर जाच गराउँदा काेभिड पाेजिटिभ देखिएकाले उपचाररत छाैँ। फाेनलगायतका सम्पर्कसमेत बन्द हुन गएकोमा क्षमाप्रार्थी छाैँ।’

प्रतिक्रिया दिनुहोस्

Array