संघीयता खारेजीको माग गर्दै पोखरामा राप्रपाकाे प्रदर्शन

माण्डवी न्युज
माण्डवी न्युज १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पृथ्वीचोकमा १० मिनेट चक्काजाम समेत गर्यो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

‘हामीले उठाएका माग सरकारलाई बुझाउन र दबाव दिन सांकेतिक रुपमा चक्काजाम गरेका हौं’, उनले भने । चक्काजामअघि आयोजित कोणसभामा बोल्दै राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।

राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले यसअघि असार १७ गते देशैभरि राँके जुलुससमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array