सल्यानमा चन्द नेतृत्वको नेकपाका नेता मृत भेटिए

माण्डवी न्युज
माण्डवी न्युज १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता लोकपाल केसी मृत फेला परेका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका पार्टीका विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता केसी बिहीबार बिहान मृत फेला परेका हुन् ।

जिल्लाकै बागचौर नगरपालिका–१० मोख्ला नजिकै झोला बोकेकै अवस्थामा धान खेतमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेका हुन् । केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array