मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

माण्डवी न्युज
माण्डवी न्युज २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ । क्रान्तिकारी मा‌ओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् ।

नेकपा बहुमतका संयोजक बास्तोलाले जतिसक्दो छिटो पार्टी एकताको प्रकृया पूरा हुने बताए । ‘ संयोजन समितिले वैचारिक, राजनीतिक र सांगठनिक संचरनाको टुंगो लगाएर छिट्टै एकता प्रकृयालाई पूर्णता दिन्छ’ उनले भने, ‘ जतिसक्दो छिटो एकतालाई पूर्णता दिन्छौं ।’ उनले संसदमा रहेका वामपन्थीहरूसँगको एकताका बारेमा भने अहिले नै छलफल नभएको बताए ।

समाजवादका केही आधार तय भएको खण्डमा मात्रै उनीहरूसँग पनि एकता गर्ने विषयमा छलफल हुने उनको भनाइ छ । संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array