तुलसीपुर `क´ लाइनमा पनि बि आर डेन्टर हस्पिटलकाे नयाँ शाखा

माण्डवी न्युज
माण्डवी न्युज २० श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – तुलसीपुरबाट सेवा दिंदै आएको बि.आर.डेन्टल हस्पिटलले नयाँ व्यवस्थापनका साथ शाखा विस्तार गरेको छ । लामो समय देखी तुलसीपुरको “ङ” लाईन बाट सेवा दिंदै आएको हस्पिटलले तुलसीपुरको “क” लाईनमा शाखा विस्तार गरेको हो । हस्पिटलको बिहिवार एक औपचारीक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले उद्धघाटन गरेका हुन।

सो अवसरमा चालिसेले स्थानिय स्तरमा ठुलो लगानीमा व्यापार व्यवशाय संचालण गर्नु यस क्षेत्रको विकास र संबृद्धीमा टेवा पुग्ने कुरामा जोड दिए । साथै उनले स्वास्थ्य क्षेत्रमा लगानी गरी विशेषज्ञ सेवा प्रदान गर्नु गौरवपूर्ण कार्य भएको भन्दै प्रशंशा गरे ।

अत्याधुनिक प्रविधी सहित नयाँ ब्यवस्थापनका साथ सेवा विस्तार गरेको हस्पिटलका सञ्चालक तथा बरिष्ठ दंत रोग विशेषज्ञ डा. भुवनेश्वर भुषालले जानकारी दिए । अब मुख स्वास्थ्य सँग कुनैपनि समस्याको लागी अनेत्र जानु नपर्ने संचालक भुषालले बताए । दाँत, मुख तथा गिजा सँग सम्बन्धित जुनसुकै समस्याको उपचार हुनुका साथै दुर्घटनामा परी मुख तथा अनुहारमा कुनैपनि चोटपटक लागेमा अत्याधुनिक प्रविधिबाट विशेषज्ञ सेवाको सुविधा भएको उनले जानकारी दिए ।

हस्पिटलले यस अघि पनि विशेषज्ञ सेवा प्रदान गर्दै आएको बताउँदै थप व्यवस्थापन र अत्याधुनिक प्रविधी सहित शाखा विस्तार गरेको उनको भनाई छ । करिब डेढ करोड बढी लगानी रहेको बताउँदै २४ सै घण्टा सर्वसुलभ सेवा उपलब्ध रहेको उहाँले जानकारी दिए ।

लुम्बिनी प्रदेशमै पुरानो र विश्वाशिलो डेण्टल हस्पीटलको रुपमा परिचित यस हस्पिटलमा दाङ सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नागरिकहरुले सेवा लिईरहेका छन् । हस्पिटलको अर्को शाखा दाङको घोराहीमा समेत रहेको छ । जहाँ बरिष्ठ दंत रोग विशेषज्ञ डा. विपी भूषाल लगाएतका विशेषज्ञ डाक्टरहरुद्धारा सेवा प्रदान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array