लमहीमा छेयालिस जनाले गरे रक्तदान

माण्डवी न्युज
माण्डवी न्युज २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको रक्तदान कार्यक्रममा छेयालिस जनाले रक्तदान गरेका छन । रगतको अभाव बढ्दै जान लागेकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।

No description available.

लमहीमा संचालित डायलाइसिस सेन्टरमा दिनप्रतिदिन मृगौला रोगीहरुको संख्या बढ्दै जाँदा रगतको अभाव ह्वात्तै बढेको छ। रगत नपाएर बिरामीले दुख पाएका छन्, पुर्व पश्चिम राजमार्गमा हुने अचानकका दुर्घटनाले पनि यस क्षेत्रमा रगतको निकै माग हुन्छ, यिनै मागलाई पूर्ति गर्नका लागि हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ”- अध्यक्ष खनालले भने ।

No description available.

देउखुरी उद्योग वाणिज्य संघ लमहीले व्यवसायीका हक हितमा काम गर्ने त् छदै छ विगत देखि नै सामजिक कार्यमा अग्रणी भूमिका पनि निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array