समयमै नतिजा निकाल्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

माण्डवी न्युज
माण्डवी न्युज २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

उनीहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्नपत्र बेचेको भन्दै यी सबै काम बन्द गर्न माग गर्दै भण्डाफोर कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरेको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावले बताए ।

उनले  भने, ‘ त्रिविका पदाधिकारीहरुले पटक पटक विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भएको छ। कहिले प्रश्न पत्र दोहोर्याएर त कहिले समयमै परीक्षाको नतिजा ननिकालेर।

उहाँहरुले प्राइभेट कलेजहरुका लागि प्रश्नपत्र बनाउने र बेच्ने अनि त्रिविका विद्यार्थीहरुलाई समयमा न परीक्षा न नतिजा। जहिले पनि हामी त्रिविका विलार्थीमाथि किन अत्याचार ?’ उनले बीएड पहिलो सेमेष्टरको परीक्षा साढे दुई वर्ष हुँदा पनि त्रिविले नतिजा नल्याएको आरोप लगाए।

उनले भने, ‘ सेमेष्टर प्रणालीमा त ६/६ महिनामा परीक्षाको नतिजा आउनु पर्ने हो। तर बिडम्बना त्रिविका पदाधिकारीहरुले बीएड पहिलो सेमेष्टरको परीक्षाको नतिजा साढे दुई वर्ष भइसक्दा नि प्रकाशित गरेन।

अब विद्यार्थीको भविष्य भएन त अन्धकार । किन यस्तो ?’ यसका साथै उनीहरुले त्रिविले प्रश्नपत्र दोहोरिएको विषयबारे छानबिन गरेको प्रतिवेद सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array