कैलाली भन्सारमा अवैध समान बरामद गर्न खोज्दा विवाद, चार जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा विवाद भएको छ । सोमबार राति धनगढी उपमहानगरपालिका–२ का दुई जना महिलाले भारतबाट अवैध रुपमा ल्याएका सुट लगायतका समान भन्सार कार्यालयको गस्ती टोलीले बरामद गर्न खोज्दा विवाद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार मिलनचोकस्थित भन्सारको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ की रिता कुँवर र अञ्जु कुँवरले भारतबाट ल्याइरहेको समान बरामद गर्ने क्रममा वादविवाद भएको थियो ।

सोही क्रममा त्यहाँ पुगेका रिताका श्रीमान कालुसिंह कुँवरले भन्सार कार्यालयको गाडीमाथि तोडफोड गरेको बताउँदै डीएसपी जोशीले उनीसहित अन्य दुई महिला र भन्सार कार्यालयका सवारी चालक रोहित महतालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जोशीले बताए । प्रहरी नियन्त्रणमा रहेका ती दुई महिलाले भन्सार कार्यालयको गस्ती टोलीले आफूहरुसँग पैसा मागेपछि विवाद भएको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array