निमावि तहको लाइसेन्स परीक्षामा २ लाख बढी सहभागी हुने

माण्डवी न्युज
माण्डवी न्युज २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – शिक्षक सेवा आयोगले आगामी शनिबार सञ्चालन गर्ने निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा दुई लाख बढी सहभागी हुने भएका छन् ।

आयोगको अनुसार उक्त लाइसेन्स परीक्षाका लागि नेपालभरबाट २ लाख ३ हजार १३१ परीक्षार्थी सहभागी हुनेछन् । सातै प्रदेशका २४ ओटा जिल्लाका ७९२ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको सम्पूर्ण तयारी सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ । कैलाली जिल्लाको परीक्षाकेन्द्र परिवर्तन शिक्षक सेवा आयोगले कैलाली जिल्लाको केन्द्र नम्बर ७२६ सरेको सूचना जारी गरेको छ ।

केन्द्र नम्बर ७२६ थ्री स्टार इ.बो.स्कुल क्याम्पस रोड ख कायम गरिएकोमा उक्त केन्द्रको सट्टा शारदा माध्यमिक विद्यालय वैयावेहडी (ग) मा सारिएको छ । जहाँ २५५ जना परीक्षार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array