श्रीमतीको हत्या आरोपमा पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् ।

उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए ।

उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको प्रहरीले जनाएको छ । मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array