गोबरडिहा क्षेत्रमा रहेका घरहरुको कोठाभाडादर निर्धारण

माण्डवी न्युज
माण्डवी न्युज ३० श्रावण २०७९, सोमबार
2 Min Read
Aa

आलोक भावुक – गढवा

राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहामा स्थान्तरणको कार्य साउन ३१ गते देखी सुरुहुने भएको छ। सोमबार राप्ती प्राविधिक शिक्षालय दाङको सञ्चालक समितिको बैठकले यही साउन ३१ गते देखी राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहामा स्थान्तरण गर्ने निर्णय गरे संगै गोबरडिहा क्षेत्रमा मनपरी ढंगले घर कोठाभाडामा दिने होडबाजी चलेको थियो। कोठाभाडामा लिनका लागि सोधपुछ गर्दा मनपरी ढंगले चार हजार देखि पाँच हजार रुपैयाँ सम्म कोठाको भाडा घरधनीले लिने गरेको विद्यार्थीहरुले गुनासो गरेका थिए।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले घर कोठाभाडा मनपरी ढंगले लिने गरेको सुचना पाउने बित्तिकै ४ नम्बर वडाध्यक्ष हरिभगत चौधरीलाई त्यसको बारेमा सर्बदलिय/ सर्बपक्षिय छलफल गरी नियन्त्रण गर्न सुझाव दिएका थिए ।

गढवा गाउँपालिका वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरीको अध्यक्षतामा आइतबार बसेको सर्बदलिय, सर्वपक्षिय बैठकले राप्ती प्राविधिक शिक्षालय गोबरडिहामा अध्ययनका लागी कोठाभाडामा लिनका लागि आउने गरेको विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाका वडा नम्बर – ३ अन्तर्गत पर्ने सरस्वती उच्च माध्यमिक विद्यालय बिध्यानगरमा राप्ती प्राविधिक शिक्षालय आउने भएकोले विद्यार्थीहरुको पठनपाठनका लागि त्यस क्षेत्रमा घरभाडा खोज्न आउदा केही घरधनीहरुले चलनचल्ती भन्दा अत्याधिक घरको कोठाभाडा लिएकोले त्यसलाई व्यवस्थित गर्न घर कोठाभाडाको दररेट कायम गर्ने निर्णय गरेको छ।

बैठकमा नेपाली काङ्ग्रेसका प्रदीप केसी, नेकपा एमालेका कमल खड्का, नेकपा माओवादीका सुर्य नारायण चौधरी, बुद्दिजिवि बिरेन्द्र कुमार चौधरी, दयाराम यादव, चन्द्र प्रकाश अधिकारी लगायतलको उपस्थित रहेको थियो।

सम्पन्न बैठकले सामान्य घर, ट्वाइलेट, पानी र बत्ति सहितको कोठाभाडा १ हजार ५ सय देखि बढीमा २ हजार सम्म लिन पाउने र स्तरीय ट्वाइलेट, खानेपानी, बत्ती र वाइफाईको सुविधा भएको घरमा प्रतिकोठा २ हजार ५ सय सम्म मात्र लिन पाउने निर्णय गरेको वडाध्यक्ष हरिभगत चौधरीले जानकारी दिए।

साथै बैठकले विद्यार्थी र घरधनीहरु बिचकुनै समस्या आईपरे त्यसलाई समाधान गर्नका लागी हरिभगत चौधरीको संयोजकत्वमा ७ सदसीय सहजीकरण समिति गठन गरेको छ। जस्को सदस्यहरुमा अतिउल्ला मनिहर, टुकमान कुंवर, प्रदीप केसी, कमल खड्का, सुर्य नारायण चौधरी टिकाराम थारु कुमाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array