प्रदीप गिरिको निधनमा भदौ १६ सम्मका सबै कार्यक्रम स्थगित

माण्डवी न्युज
माण्डवी न्युज ५ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौ – नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि आइतबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले भदौ १६ गतेसम्मका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकपछि जारी विज्ञप्तिमा पार्टीको आधा झन्डा झुकाउने निर्णय गरिएको छ।

‘सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षीबीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो।

महान दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ।’ बैठकले भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

यस्तै भदौ ६ गते सोमबारदेखि १३औं दिन (भदौ १६) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array