अवैध सुनसहित भारतीय नागरिक पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७७ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक पश्‍चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् ।

सारजाह एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीलाई त्रिभुवन विमानस्थल विशेष सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो । प्रहरीले विकासको साथबाट ७७७ ग्राम तौल बराबरको १ थान सुन र ५ सय दरका भारतीय १९ हजार ५०० रुपैंयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौरचणमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

Array