मोटरसाइकल दुर्घटना हुँदा चौधरीको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १३ भाद्र २०७९, सोमबार
0 Min Read
Aa

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका–१ का २७ वर्षीय राज चौधरी रहेका छन्। घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array