रोल्पाको तालवाङमा श्रीमान–श्रीमती मृत भेटिए

माण्डवी न्युज
माण्डवी न्युज १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको शव फेला परेको छ । धारिलो हतियारले काटेको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए । उनीहरुको शव वुधवार दिउसो २ः३० वजे फेला परेको हो । प्रहरीले हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

शव हालसम्म घटनमास्थलमै छ । घटनाको अनुसन्धानका लागि कोहलपुरवाट तालिम प्राप्त कुकुरसमेत बोलाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array