खानाको नलीमा अड्किएको हड्डी प्रतिष्ठानमा निकालियो

माण्डवी न्युज
माण्डवी न्युज १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक बालिकाको खानाको नलीमा अड्किएको हड्डी निकालिएको छ । कुखुराको मासु खानेक्रममा घोराहीकी १४ वर्षीया बालिकाको घाँटीमा मासुको हड्डी अड्किए पछि ति वालिका अस्पताल भर्ना भएकी थिइन् ।

प्रतिष्ठानका फीजिसियन तथा जेष्ठ नागरीक रोग विशेषज्ञ डा. रमेश कंडेल नेतृत्वको चिकित्सक तथा नर्ससहितको टोलीले बालिकाको घाँटीमा अड्किएको मासुको हड्डी निकालेको हो ।

इन्डोस्कोपिको सहयोगमा खानाको नलीमा अड्किएको हड्डी निकालिएको उपचारमा संलग्न चिकित्सक डा. कंडेलले जानकारी दिए । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइका अनुसार घाँटीमा अड्किएको हड्डी निकालेपछि बालिकाको अवस्था सामान्य रहेको र उपचारपछि घर फर्कीसकेकी छिन् ।

डा. कंडेलकले मासु राम्रोसंग नचपाएर खाँदा खानाको नलीमा हड्डी अडकिन सक्ने भन्दै मासु चपाएर मात्र खान सल्लाह दिएका छन।

प्रतिक्रिया दिनुहोस्

Array