बारामा मध्यराति प्रहरी र डाँका समूहबीच गोली हानाहान, एक सई घाइते

माण्डवी न्युज
माण्डवी न्युज १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – बारामा मध्यराति प्रहरी र डाँका समूहबीच गोली हानाहान भएको छ। गोली हानहान र झडप हुँदा एक प्रहरी घाइते समेत भएका छन्।  बाराको जीतपुर–सिमरा–२३ स्थित भलुवहीमा रहेको एरोटेक ग्यास उद्योगमा लुट्न आएको डाँका समूहसँग प्रहरीको झडप भएको बाराका एसपी होबिन्द्र बोगटीले नेपाल लाइभलाई जानकारी दिए।

राति १२ बजेतिर १२/१३ जनाको डाँकाहरुको समूह उक्त उक्त उद्योगमा ग्यास सिलिन्डरको टाउको बनाउने मेसिन लट्न पुगेको थियो। मेसिन नै लटुपाट गर्न खोजेपछि एरोटेकले फोन गर्दै प्रहरीलाई जानकारी गराएको थियो।

 त्यसपछि उक्त एरोटेकमा पुगेको प्रहरीको टोलीलाई डाँकाको समूहले नै गोली प्रहार गरेको थियो। प्रहरीले पनि जवाफी फायर गर्दै ३ राउण्ड हवाई फायर गरेको एसपी बोगटीले जानकारी दिए।

 प्रहरीले डाँकाको समूहलाई पक्राउ गर्ने क्रममा झडप समेत भएको थियो। डाँका समूहले प्रहार गरेको रडबाट बरिष्ठ सई कमलबहादुर शाही घाइते समेत भएको एसपी बोगटीले जानकारी दिए।

हातहतियार, खकुरी, रड, पेस्तोलसहित आएको डाँका समूहका २ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ। डाँका समूहबाट प्रहरीले बन्दुक, कटुवा पेस्तोल दुई थान र तीन राउण्ड गोली समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array