जापान पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने एक महिला पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – जापान पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-९ घर भइ हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन्।

उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ लिइ उनी सम्पर्क विहीन भएकी थिइन्।

मिनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका- ३१ सुविधानगरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array