गुडिरहेको अटोमा आगलागी

माण्डवी न्युज
माण्डवी न्युज २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ– देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो ।

भालुवाङ- प्युठान सडक खण्डको राप्ती गाउँपालिका- १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक सोमबार राती ८ बजेको समयमा गुडिरहेको अटोमा विधुत सर्ट भई आगलागी हुँदा अटो जलेर खरानी भएको छ ।

भने २ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिएका छन् ।

शान्तिपुरदेखि भालुवाङ तर्फ आइरहेको समयमा उक्त अटोमा आगलागी भएको हो । अटोमा चालक मात्र भएको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array