सन्दीपमाथि लागेको आरोपबारे प्रहरी : पृष्ठभूमि हेरिन्न, संवेदनशील भएर अनुसन्धान हुन्छ

माण्डवी न्युज
माण्डवी न्युज २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराले प्रहरीले कुनै पनि कसूरमा उजुरी आउँदा पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने बताएका छन् ।

उनले जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने बताएका हुन् । राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ ।

यही सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै एसएसपी बोहोराले भने, ‘बलात्कारको मुद्दामा प्रहरी त्यसै पनि संवेदनशील छ, अनुसन्धानमा कुनै पनि कसर बाँकी राखिन्न ।’ उनले पीडितको बयान र जाहेरी दर्खास्तको आधारमा विस्तृत अनुसन्धान हुने बताए ।

पीडितको विस्तृत स्वास्थ्य परीक्षणसमेत भइसकेको बताउँदै उनले भने, ‘अब घटनास्थलको कागज गराएर थप प्रक्रिया अघि बढ्छ ।’ घटनाको अनुसन्धान अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा भइरहेको उनले  बताए ।

प्रतिक्रिया दिनुहोस्

Array