शौचालयमा लडेर एक महिलाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

दाङ – शौचालयमा लडेर दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ कपडादेबी निबासी ३८ वर्षिया कमला लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

छिमेकी दिदी नाता पर्ने सोही ठाउँ निवासी तेजकुमारी लामिछानेको घरमा बुधबार बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देखेपछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

अस्पताल ल्याए पछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा श्रीमानसंग सामान्य विवाद भएपछि कमला मंगलबार बेलुका ७ बजे छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले बताएको छ । पोष्ट मार्टम रिपोर्टमा नर्मल देखिएपछि लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

Array