नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डीमा पुनः तालाबन्दी

माण्डवी न्युज
माण्डवी न्युज २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयमा पुनः ताला लागेको छ । केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरुले बुधबार दिउँसो ३ बजेतिर विश्व विद्यालयमा ताला लगाएका हुन् ।

नेपाल सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म आयुर्वेद्का विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा ताला बन्दी गरिने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिए ।

त्यस्तै उनका अनुसार विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग राख्दै विश्व विद्यालयमा २१ बुदे माग राखेका थिए तर उनीहरुको माग पुरा भएको छैन् । विद्यार्थीहरुले ताला लागाउनु पुर्व विरोध स्वरुप घोराही–तुलसीपुर सडक आधा घण्टा अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array