सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ पुग्यो

माण्डवी न्युज
माण्डवी न्युज २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढ्दै ९३ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको र चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array