माओवादी जिल्ला इञ्चार्जले भने : चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नू

माण्डवी न्युज
माण्डवी न्युज २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्र कपिलवस्तुका इञ्चार्ज कमल चुदाली पौडेलले आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् ।

निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै उनले उम्मेदवार भएर खर्च गर्ने आर्थिक सामथ्र्य आफूसँग नभएकाले प्रत्यक्ष र समानुपातिक कतै पनि सिफारिस नगर्न उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आग्रह गरेका हुन् ।

कपिलवस्तु क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रस्ताव भएका उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले खर्चिलो निर्वाचन प्रणालीमा परिवर्तन नभएसम्म आफू उम्मेदवार नहुने समेत बताएका छन् ।

‘यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउञ्जेल चुनाव मेरो लागि असम्भव छ, सरी,’ उनले लेखेका छन्, ‘विशुद्ध राजनीति मात्रै गर्नेले अब चुनाव जित्न सक्दैनन्, जसले करोड वा लाखौं खर्च गर्नसक्छ उनैले जित्छन् ।

’ चुदालीले अबका चुनाव ठेकेदार वा उनीहरुको नियन्त्रणमा रहेका नेताले मात्रै जित्ने अवस्था रहेको बताए । समानुपातिक उम्मेदवार चयन पनि समानुपातिकको मर्म र भावना विपरीत धनाढ्य, पहुँचवाला र नेताका निकटहरु प्राथमिकतामा पर्ने परिपाटी रहेकाले यसलाई पनि परिमार्जन गर्नुपर्ने उनले बताए ।

प्रमुख दलहरुले अर्को चुनावसम्म निर्वाचन प्रणालीमा सुधार नगरेर यही प्रणाली रहे दलहरुप्रति वितृष्णा बढ्ने र स्वतन्त्रहरुको वाहुल्यता हुने उनको आकलन छ ।

प्रतिक्रिया दिनुहोस्

Array