म्याद थप गर्न अदालत लगेका सुन चोरीका आरोपी अदालत परिसर बाटै फरार

माण्डवी न्युज
माण्डवी न्युज २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – प्रहरीले म्याद थप गर्न लागेका एक जना बन्दी जिल्ला अदालतबाट भागेका छन । घोराही उपमहानगरपालिका वडा नं. १७ का २२ बर्षीय लक्ष्मण बिश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतबाटै भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता राजन गौतले जानकारी दिए ।

बिश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए । विश्वकर्मालाई न्यायाधिस समक्ष पेश गर्ने क्रममा शौचालय गएका थिए । त्यही क्रममा उनी शौचालयको झ्यालबाट भागेको प्रवक्ता गौतमले बताए । लामो समयसम्म विश्वकर्मा नआएपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ फेला नपरेको डिएसपी गौतमको भनाई छ ।

विश्वकर्मा शौचालयको झ्यालबाट निस्किएर अदालतको पर्खाल नाघेर भागेका हुन । उनको खोजी कार्य जारी रहेको दाङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array