एमाले–लोसपा चुनावी तालमेलको प्रयास गर्दै ओली र ठाकुर

माण्डवी न्युज
माण्डवी न्युज २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चुनावी सहकार्यबारे छलफल गरेका छन्।

ओली सचिवालयका अनुसार शुक्रबार नेता ठाकुरलाई भेट्न आफै गएका थिए । उनीहरुबीच आउँदाे मंसिर ४ गते हुने संघ तथा प्रदेशकाे चुनावमा गर्न सकिने तालमेलबारे कुरा भएकाे पूर्वप्रधानमन्त्री समेत रहेका ओलीकाे सचिवालयले जनाएकाे छ ।

एमालेले लोसपालाई केही सहयाेग हुने गरी नै सहकार्यकाे प्रस्ताव गरेकाे जनाइएकाे छ । तर नेता ठाकुरले भने त्यसमा तत्काल केही निर्णय दिएका छैनन् ।

तर सहकार्यका पक्षमा भने उनी सकारात्मक रहेकाे र छलफल पनि साेही अनुरुप भएकाे लाेसपाका एक नेताले जानकारी दिए । एमालेले आउँदाे चुनावमा आफू एक्लै लड्ने बताउँदै आए पनि तालमेलका लागि सम्भावित साना दलहरुकाे खाेजी भने गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Array