बेपत्ता बालिका मृत अवस्थामा भेटिइन्

माण्डवी न्युज
माण्डवी न्युज २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ -जिल्लाको मोहना नदीमा एक बालिकाको शव फेला परेको छ।

सोमबार कैलालीको धनगढीबाट बेपत्ता भएकी आस्था शर्माको शव शुक्रबार बिहान मोहोना नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए।

सोमबारबाट बेपत्ता रहेकी धनगढी उपमहानगरपालिका वडा नं. १३ की १५ वर्षीया शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन्। सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी उनी बेपत्ता भएको भन्दै प्रहरी र आफन्तले खोजी कार्य राखेका थिए।

खोज्ने क्रममा शुक्रबार उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो। शवको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ।

उक्त कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको शव फेला परेको प्रहरी नायव उपरिक्षक जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Array