जिल्ला अदालतको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मा पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – दाङ जिल्ला अदालतको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। उनलाई सुन चोरी आरोपी लागेको थियो।

म्याद थपका क्रममा बिहीवार बेलुकी जिल्ला अदालत कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मालाई प्रहरीले शुक्रबार राति दाङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि जिल्ला अदालत कार्यालय लगिएको बेला शौच गर्ने बाहनामा शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।

फरार भएलगतै डिएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सिमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको दाङ जिल्लाका प्रहरि प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिएका छन ।

उनका अनुसार सिमाना पार गरि भारततर्फ जानेक्रममा दाङको दक्षिण गढवा क्षेत्रबाट शुक्रबार बेलुकी पक्राउ गरिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array