हर्नोकमा स्वास्थ्य शिविर सम्पन्न

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – दाङको हर्नोकमा आज निशुक्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । घोराही उपमहानगरपालिकाको बिकट बस्तिका रुपमा रहेको हर्नोकमा एक दिने स्वास्थ्य शिबिरमा टाढा टाढाबाट आएर स्थानीयले सेवा लिएको कार्यक्रम संयोजक शरद डाँगीले जानकारी दिए ।

शिविरमा श्वासप्रश्वास रक्त सन्चार, ज्वरो, छाला लगायतका बिरामीले उक्त शिविरबाट सेवा लिएका छन । हर्नोकमा रहेको अम्बिका माध्यमिक विद्यालय प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा घाेराही उपमहानगरपालिका वडा नम्बर १ हर्नाेक आसपासका गाउँ र बंगलाचुली वडा नम्बर १ र २ का स्थानीयले सेवा पाएका छन ।

गाउँमा सहज स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा स्वास्थ्य अवस्था गम्भीर नहुँदासम्म स्थानीयले स्वास्थ्य परिक्षणमा नजाने गरेको स्थानीय नारायण घर्तिले बताए । शिविरमा फिजिसियन डाक्टर प्रकाश सुवेदी, डाक्टर गोपाल खनाल, स्वास्थकर्मीहरु दिर्गेश वली लगायतकाले बिरामीको परिक्षण र निशुल्क औषधि बितरण गरेका हुन ।

अम्बिका माध्यामिक विद्यालयका शिक्षक-अभिभावक संघका अध्यक्ष नारायण पाण्डेयको सभापतित्व बयोवृद्ध मित्रलाल न्यौपानेको प्रमुख आतिथ्यतता एवम समाजसेवी सुग्रीव वलीको बिशिस्ट आतिथ्यतामा भएको स्वास्थ्य शिविर उदघाटन समारोहमा फिजिसियन डाक्टर प्रकाश सुवेदी, पत्रकार हेमराज शर्मा, शरद डाँगी, मिनेन्द्र गिरी, नारायण घर्ती लगायतकाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array