बर्दियामा चितुवाको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

काठमाडाैँ – बर्दियाको मधुवन नगरपालिका- ४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका- ४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन्।

उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array