२४ घण्टामा थपिए १६३ जना कोरोना संक्रमित

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १२ पुगेको छ। शनिबार १३० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २ हजार ४३० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर १ हजार ७१८ पीसीआर तथा २ हजार २८ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array