तोलामा तीन सयले घट्यो सुनको मूल्य

माण्डवी न्युज
माण्डवी न्युज २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – आज साताकाे दाेस्राे काराेबार दिन साेमबार सुनकाे मूल्य ताेलामा तीन सय रुपैयाँले घटेकाे छ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकाेमा साेमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेकाे छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो।

सुनकाे मूल्य घटेपनि साेमबार पनि चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएकाे छ। महासंघले साेमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array